विराटनगर । विराटनगर महानगरपालिका ४ इक्राहीमा ट्रयाक्टरको ठक्करले आइतबार एक महिलाको मृत्यु भएको छ ।
को३त ८ नम्बर ट्रयाक्टरको ठक्करले साइकल चलाइरहेकी स्थानीय २८ वर्षीया राधादेवी राजवंशीको मृत्यु भएको हो ।
ठक्करले सिकिस्त घाइते भएकी उनलाई उपचारका लागि नोबेल अस्पताल लगिएको थियो ।
उपचारका क्रममा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।
दुर्घटनापछि फरार रहेका ट्रयाक्टरका चालकको खोजी भइरहेको प्रहरीको भनाइ छ ।
Discussion about this post