पथरीशनिश्चरे । मोरङको पथरीशनिश्चरे नगरपालिकामा दोस्रो पटक सुकुम्बासीहरुलाई जग्गा धनीपुर्जा वितरण गरिएको छ ।
बिहिबार वडा नं. ८ मा राष्ट्रिय भूमि आयोग जिल्ला समिति मोरङबाट प्राप्त भएको १० वटा जग्गा धनीपुर्जा प्रमुख अतिथि नगर प्रमुख मोहनप्रसाद तुम्वापोले वितरण गरेका हुन ।
धनीपुर्जा प्राप्त गर्नेहरुमा आसीराम लिम्बु, खड्गबहादुर भुजेल, राजकुमार चौधरी, चेतनाथ काफ्ले, कृष्ण कार्की, दिलकुमार मगर, गोपालबहादुर तामाङ, गोमादेवी भुजेल, लालीमाया भुजेल र रामबहादुर थापा रहेका छन । नगर प्रमुख तुम्वापोले पुर्जा वितरणका यथार्थ कुराहरू वडावासीमा माझ प्रष्टयाए ।
वडा नं. ८ को सभाहलमा भएको सो कार्यक्रम वडाअध्यक्ष नविन कार्कीको अध्यक्षतामा भएको थियो । वडाध्यक्ष कार्कीले भने–‘अब वडामा थप धनीपुर्जा छिट्टै नै वितरण गरिनेछ ।’ यस्तैगरी सो कार्यक्रममा वडा सदस्य बाबुराम चौधरी, शिवकुमारी विश्वकर्मा, झमक बहादुर लिम्बु, वडा स्तरीय भूमि सहजीकरण समितिका सदस्य टिकाराम खड्का लगायतको उपस्थिति रहेको थियो ।
यसभन्दा अघि वडा नं. ८ मा नै शुसिला घिमिरे नेतृत्वको राष्ट्रिय भूमी आयोग जिल्ला समिति मोरङले माघ महिनामा ११ जनलाई पुर्जा वितरण गरेको थियो
Discussion about this post