उदयपुर । उदयपुरको रौतामाई गाउँपालिका–८ मा घरमा आगलागी हुँदा दुई बालबालिकाको मृत्यु भएको छ।
जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार रामबहादुर बुर्जा मगरको घरमा आगलागी हुँदा उनकी छोरी ६ वर्षीया जस्मिन र छोरा २ वर्षीय रोजनको मृत्यु भएको हो ।
शुक्रबार साँझ घरमा बिजुली सट भएर घरमा आगलागी हुँदा जलेर घटनास्थलमा नै उनीहरूको मृत्यु भएको हो ।
आगलागीको समयमा परिवारका अन्य सदस्य घरमा नभएको जनाइएको छ ।
आगलागीबाट घर, अन्नपात र लत्ताकपडा जलेर नष्ट भएको प्रहरीले जनाएको छ ।
Discussion about this post