धरान । कोशी प्रदेश नामाकरण खारेजको माग गर्दै संयुक्त संघर्ष समितिले आइतबारका लागि प्रदेश बन्दको घोषणा गरेको छ ।
प्रदेशको नाम पहिचानका आधारमा नभइ खोला नालाको नामलाई नै प्रदेशको नाम दिइएको भन्दै पहिचानको आधारमा नामकरण गर्नुपर्ने माग गर्दै संयुक्त संघर्ष समितिले बन्दको आह्वान गरेको हो ।
शनिबार साँझ कोशी प्रदेशका मुख्य मुख्य सहरहरुमा समितिले राके जुलुस निकालेको थियो ।
‘प्रदेश नं. १ पुनः नामाङ्कन संयुक्त संघर्ष समिति’ ले बन्दको घोषणा गरेको हो । समितिमा किरात राई यायोक्खा, किरात याक्थुङ चुम्लुङ, जनता समाजवादी पार्टी, संयुक्त लोकतान्त्रिक राष्ट्रिय मञ्च, किरात साझा खम्बुवान पार्टी लगायतको मोर्चा बन्दी रहेको संयुक्त लोकतान्त्रिक राष्ट्रिय मञ्चका सुनसरी अध्यक्ष अमर इजमले जानकारी दिए ।
बन्दमा अत्यावश्यक सवारी साधनबाहेक सम्पूर्ण यातायात, शैक्षिक संस्था, पलसहरु बन्द रहने जनाइएको छ । समितिले चैत्र ५ गते विराटनगरस्थित संसद् भवन घेराउ गर्ने कार्यक्रम रहेको जनाएको छ ।
Discussion about this post