इटहरी । इटहरीस्थित जनता बहुमुखी क्याम्पसमा नेकपा एमालेनिकट विद्यार्थी युनियन र नेकपा माओवादी केन्द्र निकट विद्यार्थी युनियनले स्ववियु निर्वाचनमा संयुक्त जाने भएका छन् ।
शनिबार मनोनयन गर्दै एमाले निकट विद्यार्थीले प्रत्यक्षतर्फ सभापति र कोषाध्यक्ष उठाउने सचिवमा माओवादी केन्द्र निकट विद्यार्थी युनियनलाई सघाउने सहमति भएको हो ।
सभापतिमा अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) जनता क्याम्पस इकाइ अध्यक्ष उज्वल सिग्देल, सचिवमा अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) (क्रान्तिकारी) क्याम्पस एकाइ कमिटि अध्यक्ष अर्जुन पौडेल र कोषाध्यक्षमा अनेरास्ववियुका हेमराज खड्डा (आदित्य) लाई उम्मेदवार उठाउने सहमति भएको छ ।
अनेरास्ववियु (क्रान्तिकारी) का जिल्ला अध्यक्ष नवीन दाहालले विचार र आन्दोलनका हिसाबले एकै प्रकारका विद्यार्थी मुद्दा उठाउने संगठन भएकाले निर्वाचनमा सयुक्त रुपमा जाने तयारी भएको बताए ।
Discussion about this post