काठमाडौ /उपराष्ट्रपतिमा पुरुष उम्मेदवार हुनु नहुने भन्दै महिला कानून व्यवसायीहरुले निर्वाचन अधिकृतको ध्यानाकर्षण गराएका छन् ।
आईतवार संसद भवनस्थित राष्ट्रपति÷उपराष्ट्रपतिको निर्वाचन अधिकृतको कार्यालयमा पुगेर उनीहरुले निर्वाचन अधिकृत महेश शर्मा पौडेललाई भेटेर यसबारेमा ध्यानाकर्षण गराएका हुन । उनिहरुले संविधानको धारा ७० लगायत राष्ट्रपति÷उपराष्ट्रपतिको निर्वाचन सम्बन्धी कानूनले व्यवस्था गरेअनुसार फरक लिंग र फरक समुदाय राष्ट्रपति/उपराष्ट्रपति हुने व्यवस्थाको बारेमा ध्यानाकर्षण गराउन निर्वाचन अधिकृतको कार्यालय आउनुपरेको अधिवक्ता राधिका खतिवडाले बताइन।
उनले उपराष्ट्रपतिमा पुरुषको उम्मेदवार अहिलेको सन्दर्भमा अनुपयुक्त भएकाले खस आर्य बाहेकको महिलालाई उम्मेदवार बनाउनुपर्ने बताइन। उनले खस आर्यबाट राष्ट्रपतिमा रामचन्द्र पौडेले निर्वाचित भइसकेकाले अब महिला उम्मेदवार बनाउन योग्य रहेको बताइन।
उनले भनिन, ‘संविधानको धारा ७० लगायत राष्ट्रपति/उपराष्ट्रपतिको निर्वाचन सम्बन्धी कानूनले व्यवस्था गरेअनुसार फरक लिंग र फरक समुदाय पनि हो । त्यसलाई प्रतिनिधित्व गराउने संविधानको प्रश्तावनाअनुसार नै होस् ।
पुरुष उम्मेदवारको उम्मेदवारी खारेज गरियोस् । कानूनले व्यवस्था दिएको छैन । निर्वाचन अधिकृतलाई ध्यानाकर्षण गराइएको हो । यसमा जोसुकै नेपाली नागरिकले उजुरी गर्न पाउँछ । संविधानको मर्म र भावना भनेको राष्ट्रपति/उपराष्ट्रपति मध्ये यो दुई चरण निर्वाचन गरेको पहिला महिला भए पुरुष र पुरुष भए महिला हुनका लागि हो । संविधानको भावना पुरुष नै दुवै हुनुपर्ने होइन । खस आर्य महिला र पुरुष बाहेकको उम्मेदवारी योग्य हुन्छ त्यसैले हाामीले ध्यानाकर्षण गराएका हौँ ।’
Discussion about this post