इलाम । इलाम सहित कोशी प्रदेशमा भएको यातायात, शिक्षणसंस्था बन्दले जनजीवन प्रभावित बनेको छ । यात्रुहरुलाई गन्तब्यसम्म पुग्न कठिनाई भएको छ । इलामका बिभिन्न क्षेत्रमा बन्दकर्ताले मोटरसाइकल समेत रोक्ने काम भइरहेको छ ।
प्रदेशको नाम कोशी राखेबाट नै पहिचानबादी शक्ति एक भएर आन्दोलित छ । राखिएको कोशी प्रदेश नाम सच्याउनु पर्ने माग सहित बन्द आह्वान गरिएको हो ।
पहिचानलाई पाखा लगाएको भन्दै जनता समाजवादी पार्टी, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च संघीय लिम्बुवान मञ्च, राष्ट्रिय जनमुक्ति पार्टी, नेकपा (माओवादी केन्द्र) सम्बद्ध लिम्बुवान राष्ट्रिय मुक्ति मोर्चासहित नेपाल आदिवासी जनजाति महासंघ संघीय परिषद् र प्रदेश समिति, किरात याक्थुङ चुम्लुङ, किरात राई यायोक्खालगायत घटकहरुले ‘कोशी’ प्रदेश खारेजीको माग गर्दै ‘लिम्बुवान किरात’ राख्न माग गरेका छन् ।
आज आम हड्ताल गर्ने भनेर संयुक्त विज्ञप्ति जारी गरिएको छ । इलाममा बिहानैबाट सवारी आवत जावत भएका छैनन् । बन्दको प्रभावले लामो तथा छोटा दुरीका सवारी चलेका छैनन् । शिक्षण संस्था समेत चलेका छैनन् । बन्दकर्ताले ठाउँ ठाउँ खुलेका पसल समेत बन्द गर्न आग्रह गर्ने गरेका छन् ।
सामान्य तया मोटरसाइकल सञ्चालन भइरहेका छन् । कोशी प्रदेश नाम खारेज गर्नुपर्ने माग गर्दै आन्दोलनकारीले इलामको माङ्सेबुङ गाउँपालिकामा तालाबन्दी गरेका छन् । पहिचान पक्षधर समूहले कोशी प्रदेश नाम हटाउनु पर्ने माग सहित गाउँपालिका तथा वडाहरुमा तालाबन्दी गरेको हो ।
‘लिम्बुवान किरात’ संयुक्त संघर्ष समितिलाई ‘प्रदेश १ पुनः नामाङ्कन संयुक्त सङ्घर्ष समिति’मा रुपान्तरण गर्दै आन्दोलनकारीहरुले स्थानीय तह केन्द्रित आन्दोलन सुरु गरेको जनाइएको छ ।
प्रदेश १ को नाम ‘कोशी’ पारित गरेसँगै त्यसको विरोधमा सुरु भएको आन्दोलन स्थानीय स्तरमा केन्द्रित हुन थालेको छ । ‘कोशी’ प्रदेश खारेज गरी पहिचान र सभ्यताका आधारमा प्रदेशको नाम ‘लिम्बुवान किरात’ पुनःनामाकरण गर्न माग गर्दै तत्कालीन ‘लिम्बुवान किरात’ संयुक्त संघर्ष समितिले सुरु गरेको आन्दोलन स्थानीय स्तरमा केन्द्रित हुन थालेको छ ।
आन्दोलनकारीहरुले स्थानीय तह र वडा कार्यालयमा तालाबन्दी गरी ‘कोशी’ प्रदेश नाम खारेज गर्न र पहिचानको आधारमा पुनस्नामाकरण गर्न दवाव दिन थालेका छन् । यसै क्रममा आन्दोलनकारीले इलामको माङसेबुङ गाउँपालिका कार्यालय र चारवटा वडा कार्यालयमा तालाबन्दी गरेका छन् ।
आन्दोलनकारीले गाउँकार्यपालिकाको कार्यालयसँगै वडा नम्बर २, ३, ४ र ६ को वडा कार्यालयमा तालाबन्दी गरेका हुन् । यसअघि आन्दोलनकारीहरुले माङसेबुङ गाउँपालिकाको वडा नम्बर ३ को शाखा कार्यालय भञ्ज्याङ र ५ को वडा कार्यालय, इलाम नगरपालिक ११ नम्बर वडा कार्यालयमा तालाबन्दी गरेका थिए । राजनीतिक दल र दल सम्बद्ध संगठनहरुले ‘कोशी’ प्रदेश नामाकरणविरुद्ध प्रदर्शन गर्दै आएका छन् ।
Discussion about this post