काठमाडौं । नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेलले आज शीतलनिवासमा पद तथा गोपनीयताको सपथ लिँदैछन् ।
दिउँसो १ बजे सपथ ग्रहणसँगै वर्तमान राष्ट्रपति विद्यादेवी भण्डारीले शीतल निवास छाड्ने छिन् ।
शीतल निवासमा हुने विशेष समारोहमा पौडेललाई सर्वोच्च अदालतका कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्कीले शपथ गराउनेछन् ।
नयाँ राष्ट्रपति पौडेललाई निवर्तमान हुँदै गरेकी विद्यादेवी भण्डारीले राष्ट्रपतिको आसन सुम्पिने छन् । त्यसपछि पौडेलले पदबहाली गर्ने छन् । नवनिर्वाचित राष्ट्रपति पौडेल आजदेखि नै शीतल निवासमा रहनेछन् ।
राष्ट्रपति भण्डारीको पाँच वर्षे कार्यकाल भने हिजोदेखि सकिएको छ । नवनिर्वाचित राष्ट्रपतिको सपथसँगै पद हस्तान्तरण गरेपछि भण्डारी आजै महाराजगंजस्थित छोरीको निवासमा सर्ने कार्यक्रम छ । बुढानीलकण्ठ नगरपालिकाको चपलीस्थित आफ्नो निजी निवासको मर्मत नसकिएकोले केही समय छोरीको घरमा सर्न लागेको सचिवालयले जनाएको छ ।
२०७२ कात्तिक २९ गते पहिलो पटक राष्ट्रपति भएकी भण्डारी दोस्रो कार्यकालका लागि २०७४ फागु्न २८ गते निर्वाचित भएकी थिइन् ।
Discussion about this post