काठमाडौं । सहिद स्मारक ए-डिभिजन लिगमा आज (मंगलबार) तीन खेल हुँदै छन् ।
साबिक विजेता मच्छिन्द्र र पूर्व च्याम्पियन नेपाल पुलिस क्लब साँझ साढे पाँच बजे दशरथ रंगशालामा आमनेसामने हुनेछन् । निकै खराब लयमा रहेका दुवै टिम रेलिगेसन जोनमा छन् ।
अहिलेसम्म यी दुईले जारी लिगमा जित हात पार्न सकेका छैनन् । जारी लिगमा मात्रै एक गोल गरेको मच्छिन्द्र तीन खेलबाट एक अंक जोड्दै तालिकाको १३ औँ स्थानमा छ । यता लगातार तीन खेलमा पराजय बेहोरेका पुलिसले खाता खोल्न सकेको छैन ।
मंगलबार जित हात पार्ने टोली रेलिगेसन जोनभन्दा माथि उक्लनेछ । दिउँसो साढे दुई बजे एन्फा कम्पलेक्समा संकटा र नवप्रवेश चर्च ब्वाइज युनाइटेडबीच प्रतिस्पर्धा हुनेछ । बी-डिभिजन च्याम्पियन चर्च ब्वाइज आफ्नो शतप्रतिशत जितको यात्रालाई निरन्तरता दिने लक्ष्यमा हुने छ ।
संकटा क्लब दोस्रो जितको खोजीमा छ। सोही समयमा दशरथ रंगशालामा जावालाखेल युथ क्लब र फ्रेन्डस क्लब आमनेसामने हुनेछन् । जारी लिगमा अपराजित जावालाखेल लगातार तेस्रो जितको खोजीमा छ ।
यता रेलिगेसन जोन भन्दा वरिपरि रहेको फ्रेन्डस् पहिलो जितको खोजीमा हुनेछ ।
Discussion about this post