कालीकोट : कालीकोटको पलाता गाउँपालिका-३ राडूनेटामा बोलेरो गाडी दुर्घटना हुँदा १० जनाको मृत्यु भएको छ भने अन्य १० जना घाइते भएका छन् ।
गाडीमा सवार २० जनामध्ये १० जनाको घटनास्थलमै मृत्यु भएको कालीकोटका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईले जानकारी दिए । उनका अनुसार बाँकी १० जना घाइते छन् ।
पलाताको थिर्पूबाट २० जना यात्रु बोकेर गएको बोलेरो आइतबार दिउँसो साढे दुई बजे दुर्घटना भएको थियो । कर्णाली प्रदेश ००१ ज ५६ नम्बरको बोलेरो गाडी सडकबाट ५०० मिटर तल खसेको छ ।
उद्धारका लागि सुर्खेतबाट नेपाली सेनाको हेलिकोप्टर त्यसतर्फ जान लागेको छ ।
Discussion about this post