काठमाडौँ। राष्ट्रिय परीक्षा बोर्डले यो वर्षको माध्यमिक शिक्षा परीक्षा (कक्षा १०) को परीक्षा चैत ७ र १२ को वैशाख ११ गते गर्ने निर्णय गरेको छ । बोर्डले आफ्नो वेब साइटमा सो सूचना जारी गरेको छ ।
सूचना अनुसार माघ पहिलो साता परीक्षा केन्द्र निर्धारण, माघ मसान्तभित्र परीक्षा केन्द्र इन्ट्री र रुजु, फागुन मसान्तभित्र आन्तरिक नम्बर पठाउने र वार्षिक परीक्षा सञ्चालन चैत ७ गतेबाट गर्ने र असार ६ गतेभित्र परीक्षाफल प्रकाशित गर्ने उल्लेख छ ।
त्यस्तै कक्षा १२ को वार्षिक परीक्षाको आवेदन फारम पुस १ गतेबाट भर्नुपर्नेछ । बोर्डले फागुन १ गतेभित्र परीक्षा तालिका सार्बजनिक गर्ने,फागुन १५ गतेभित्र परीक्षा केन्द्र निर्धारण गरी सिफारिस गर्ने तालिका सार्वजनिक गरेको छ ।
बोर्डले साउन १५ भित्र नियमित र कार्तिक १५ भित्र ग्रेडबृद्धी(पुरक) परीक्षाको नतिजा प्रकाशित गर्ने भएको छ ।
Discussion about this post