ईटहरी । पतञ्जलि विश्वविद्यालयका निवर्तमान उपकुलपति डा.वाचस्पति कुलवन्त आज नेपाल आएका छन । भारतको नयाँदिल्ली बाट बिहान ८.३० बजेको स्पाइस जेड विमानबाट वागडोग्रा हुँदै उनी नेपाल आएका हुन ।
नेपाल दयानन्द वैदिक मिसन ग्लोबल एकेडेमीको वार्षिक कार्यक्रम तथा अभिभावक दिवसको उद्घादटनमा प्रमुख अतिथिको रुपमा सहभागी हुन उनी नेपाल आएका हुन । उनलाई नेपाल दयानन्द वैदिक मिसन ग्लोबल एकेडेमीका सञ्चालक समितिका उपाध्यक्ष ईश्वरी पराजुली र प्रिन्सिपल डा.बेणुप्रसाद सिटौलाले बागडोग्रा एयरपोर्टमा स्वागत गरे ।
डा.वाचस्पति संस्कृतका प्रकाण्ड विद्वान हुन ।उनले विश्वका विभिन्न मुलुकमा संस्कृतबाट प्रवचन दिएका छन। डा.वाचस्पति दयानन्द सोसाइटी नयाँ दिल्लीका संस्थापक ,डीएभी स्कूल का संस्थापक, डीभीएम स्कूलका संस्थापक र उत्तर प्रदेश सरकार भारतका संस्कृत संस्थानका समेत सदस्य हुन ।
डीभीएम स्कुलका प्रिन्सिपल डा. सिटौलाका अनुसार कुल्वन्त चैत्र २ गते हुने नेपाल दयानन्द वैदिक मिसन ग्लोबल एकेडेमीको पत्रकार सम्मेलन र चैत्र ३ गतेको अभिभावक दिवस सरिक हुनेछन ।उक्त कार्यक्रममा नेपाल बिज्ञापन बोर्डका सदस्य समेत रहेका पत्रकार पवन अधिकारी , मोहन तिम्सिना लगायत अन्य विशिष्ठ व्यक्तिहरूलाई सम्मान गर्ने कार्यक्रम समेत रहेको छ ।
Discussion about this post