काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले शनिबार चियापान समारोह आयोजना गर्दैछन्। संघीय संसद र सातै प्रदेशसभा सदस्यलाई निम्तो गरी राष्ट्रपति पौडेलले बिहान ९ बजे शीतलनिवासमा चियापान कार्यक्रम गर्न लागेका हुन्।
समारोहमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहित उपप्रधानमन्त्री, मन्त्री, सांसद, सातै प्रदेशका मुख्यमन्त्री, मन्त्री तथा प्रदेश सभा सदस्यलाई आमन्त्रण गरेको जानकारी राष्ट्रपति कार्यालयका सहायक प्रवक्ता लीलानाथ पौडेलले जानकारी दिए।
राष्ट्रपति पौडेललेपहिलोपटक चियापान कार्यक्रम गर्न लागेका हुन्। उपराष्ट्रपतिको निर्वाचनका लागि अधिकांश सांसद काठमाडौं आइपुगेका वेला चियापान कार्यक्रमको मौका छोपिएको हो।
पौडेलले गत फागुन २९ पदभार ग्रहण गरेका हुन्।
Discussion about this post