मोरङ । क्याम्पसमा विद्यार्थीलाई संगठन छान्न पाउने अधिकारबाट बन्चित गरिएको भन्दै नेपाल विद्यार्थी संघले विराटनगर नर्सिङ क्याम्पसमा तालाबन्दी भएको छ ।
क्याम्पस प्रशासनले व्यक्तिगत रुपमा विद्यार्थीहरुलाई कुनै पनि संगठनको पक्षमा नखुल्न भन्दै दबाब दिएपछि नेविसंघले तालाबन्दी गरेको जनाएको छ । यसअघि पनि नेविसंघले पटकपटक क्याम्पस प्रशासनलाई यो विषयमा ध्यानाकर्षण गराउँदै आएको थियो ।
निर्वाचनलाई निष्पक्ष, भयरहित र मयर्मदित ढंगबाट सम्पन्न गर्न आफूहरूले गरेको आग्रहलाई बेवास्ता गर्दै क्याम्पस प्रशासन र निर्वाचन समितिले एक्लौटी काम गर्न खोजेपछि ताला लगाएको नेविसंघका नेताहरुले बताएका छन् ।
नेविसंघका मोरङ अध्यक्ष सरोज पोखरेलले नेपाल विद्यार्थी संघ पक्षधर विद्यार्थीलाई क्याम्पस प्रमुखसहितका कर्मचारीले मानसिक तनाव दिने गरेको बताए । विद्यार्थी संगठनमा समावेश नहुनु भन्दै विद्यार्थीलाई व्यक्तिगत रुपमा सम्पर्क गरेर क्याम्पस प्रशासनले धम्क्याएको उनले बताए ।
नर्सिङ क्याम्पसमा नेकपा एमाले निकट अनेरास्ववियु र कांग्रेस निकट नेविसंघ प्रतिस्पर्धामा छन् । क्याम्पस प्रशासन र निर्वाचन समिति अनेरास्ववियुलाई जिताउन लागेको नेविसंघको आरोप छ ।
यसअघि मोरङको विराटचोकमा रहेको सुकुना बहुमुखी क्याम्पसमा एमाले निकट अनेरास्ववियुले तालाबन्दी गर्नुका साथै स्वबियु निर्बाचन रोक्न उच्च अदालत बिराटनगरमा मुद्धा दर्ता गराएको थियो । उच्च अदालतले शुक्रबार चुनाव गराउन आदेश दिएको नेबिसंघका बिद्यार्थी नेता होमनाथ पोख्रेलले जानकारी दिए ।
Discussion about this post