विराटनगर । प्रदेश १ लाई कोशी प्रदेश नामकरण गरेकामा असन्तुष्ट बबनेका पहिचान पक्षधरहरुले आइतबार प्रदेश राजधानी विराटनगरमा वृहत् विरोध प्रदर्शन गर्ने भएका छन् ।
प्रदर्शनका क्रममा तनाव उत्पन्न हुन सक्ने अवस्थालाई ख्याल गर्दै जिल्ला प्रशासन कार्यालय मोरङले विराटनगरका केही स्थानलाई निषेधित क्षेत्र घोषणा गरेको छ ।
प्रदेशसभा पूर्वमा देवकोटा चोकदेखि पश्चिम कोशी अस्पतालसम्म, मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय रोड शेषचोकदेखि दक्षिण जतुवा चोकसम्म, मुख्यमन्त्री निवास वरिपरि ३०० मिटरसम्म र जिल्ला प्रशासन कार्यालय मोरङको डाँफे चोकदेखि पूर्वको क्षेत्रसम्म प्रशासनले निषेधित क्षेत्र तोकेको छ।
चैत ५ गते बिहान ६ बजेदेखि अर्को आदेश नभएसम्म निषेधित स्थानमा सर्वसाधारण तथा सवारी साधन आवतजावत बाहेक कुनै पनि किसिमको सभा, जुलुस, भेला, र्याली, धर्नाजस्ता कार्य गर्न नपाइने जिल्ला प्रशासन कार्यालयले जारी गरेको सूचनामा उल्लेख छ ।
आदेश उल्लंघन गरे कानूनबमोजिम कारवाही हुने जनाइएको छ ।
Discussion about this post