काठमाडौं । नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले सभामुख देवराज घिमिरेले पत्रकारहरुमाथि गरेको टिप्पणीप्रति आत्मालोचना गर्नुपर्ने बताएका छन् ।
प्रतिनिधिसभा बैठकपछि बाहिरिने क्रममा सञ्चारकर्मीहरुसँग कुरा गर्दै महामन्त्री शर्माले सभामुख घिमिरेले पत्रकारहरुको बारेमा गरेको टिप्पणीप्रति आफूहरुको विमति रहेको बताएका हुन् ।
सभामुखले पत्रकारहरुका विषयमा गरेको टिप्पणी समाजको सामुन्यमा गम्भिर ‘नोटिस’ मा रहेको उनले बताए ।
राज्यको चौथो अंगको रुपमा रहेको पत्रकारिता क्षेत्र देशमा लोकतान्त्रिक रुपान्तरणका लागि आफैँ संलग्न भएको भन्दै त्यस क्षेत्रप्रतिको टिप्पणी आलोच्य भएको बताए ।
‘त्यो विषय वास्तवमै गम्भीर छ । किनभने व्यक्तिको रुपमा विश्वप्रकाशले के सोच्दछ, के बोल्दछ उसको कुरा हो । तर पार्टीको महामन्त्रीको रुपमा या सांसदको रुपमा विश्वप्रकाश शर्माले बोल्ने, सोच्ने, गर्ने व्यवहारको केही मर्यादाहरु हुन्छन् । त्यसैले के हो भने झापा क्षेत्र नं. २ बाट निर्वाचित हुनुभएको नेकपा (एमाले) का सांसदका रुपमा देवराज घिमिरेले के बोल्नुहुन्छ, त्यो उहाँको कुरा हो । तर नेपाल देशको सभामुखले देशको चौथो अंगको सन्दर्भमा बोल्नुभन्दा अगाडि हजार पटक सोच्नुपर्छ ।’
Discussion about this post