ताप्लेजुङ । नेकपा माओवादी केन्द्रका नेता इन्द्रबहादुर आङ्बोमाथि ताप्लेजुङमा आक्रमणको प्रयास भएको छ । मंगलबार पार्टीको बैठकमा ताप्लेजुङको फुङलिङ बजार जाने क्रममा बाटोमा आक्रमण प्रयास भएको हो ।
प्रदेशमा भूगोलका आधारमा प्रदेशको नाम कोशी राखेको भन्दै पहिचान पक्षधरले आन्दोलन गरिरहेका छन् । पहिचान पक्षधर दलका कार्यकर्ताले सोमबार मुख्यमन्त्री हिक्मतकुमार कार्कीमाथि ओखलढुंगामा आक्रमण प्रयास गरेका थिए ।
मंगलबार माओवादी केन्द्र कोशी प्रदेशका दलको नेता इन्द्रबहादुर आङ्बोमाथि आक्रमणको प्रयास गरेका हुन् । आक्रमणबाट आङ्बो सवार सरकारी गाडीमा सामान्य क्षति पुगेको छ । आङ्बोका सहयोगी पुजन मगरातीका अनुसार आङ्बो पार्टीको कार्यक्रममा ताप्लेजुङको फुङ्लिङ बजार जाने क्रममा गाडीमाथि आक्रमण भएको थियो ।
जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका डिएसपी राजन लिम्बूका अनुसार फङलिङ बजार आउने क्रममा आङ्बो सवार गाडीमाथि आक्रमण गर्नेको पहचिान भएको छैन् । ‘फुङलिङ बजार भन्दा ७–८ किलोमिटर तल आक्रमण भएको छ,’ उनले भने,‘ आक्रमण गर्नेको पहिचान भएको छैन, अनुसन्धान गरिरहेका छौं ।’ आङ्बो कोशी प्रदेशका दलको नेता तथा पूर्व मन्त्री समेत हुन ।
Discussion about this post