झापा । झापाको बिर्ताबजारको प्रहरी चौकीबाट एकजना थुनुवा हतकडी सहित फरार भएका छन । बिहिबार बिहान २ बजेको समयमा शौचालय लैजाने क्रममा उनी हतकडी सहित फरार भएका हुन ।
मंगलबार बुलुका बिर्तामोड ३ का २५ बर्षिय प्रबिण माझीलाई चोरी आरोपमा प्रहरीले नियन्त्रणमा लिएको थियो । अनुसन्धानका लागि चौकीमा राखिएको अबस्थामा उनी राति नै फरार भएको प्रहरीले जनाएको छ ।
बिहान खोजी गर्ने क्रममा खेतमा हत्कडी भेटिएको तर माभली भने फरार रहेको र खोजी भईरहेको प्रहरीले जनाएको छ ।
Discussion about this post