इलाम । नेकपा (एमाले) को युवा संगठन राष्ट्रिय युवा संघको इलाम जिल्ला अध्यक्षमा मोहन दोर्जे कागते निर्वाचत भएका छन् ।
आठौँ जिल्ला अधिवेशनबाट ५९ सदस्य राष्ट्रिय युवा संघ जिल्ला कमिटी निर्माण गरिएको छ ।
उपाध्यक्षमा भीम मादेन, सचिवमा पुरण राई, सहसचिवमा शिव कार्की, सुधीर तामाङ र कोषाध्यक्षमा सोफिया आङ्दाम्बे चयन भए ।
५९ सदस्यीय जिल्ला कार्य समिति चयन गरिएको संघले जनाएको छ ।
एमाले पोलिटव्यूरो सदस्य तथा युवा इञ्चार्ज महेश बस्नेतको प्रमुख अतिथ्य रहेको कार्यक्रममा एमाले इलामका अध्यक्ष तथा इलाम क्षेत्र नम्बर १ का संघीय सासंद महेश बस्नेत, नेकपा एमाले केन्द्रिय सदस्य राम राना लगायतको उपस्थिति थियो ।
Discussion about this post