विराटनगर । बारीमा उम्रिएको च्याउ खाँदा मोरङको पथरीशनिश्चरे नगरपालिका–७ जनप्रीय चोकमा सोमबार एकै परिवारका ३ जना बिरामी परेका छन् ।
च्याउको तरकारी बनाएर खाएका ७० वर्षीय सन्तमान लिम्बू, छोरा ४० वर्षीय भीमबहादुर लिम्बू र बुहारी ३२ वर्षीया टंकरानी लिम्बू बिरामी परेको प्रहरीले जनाएको छ ।
उनीहरुलाई उपचारका लागि विराटनगरको नोबेल शिक्षण अस्पताल भर्ना गरिएको छ ।
Discussion about this post