विराटनगर । उद्योग संगठन मोरङ महिला उद्यम समिति र अमेरिकन कर्नर विराटनगरले महिला उद्यमी र व्यवसायीका लागि वित्तीय साक्षरतासम्बन्धी अन्तरक्रिया कार्यक्रम आयोजना गरेको छ ।
संगठनका अध्यक्ष सुयश प्याकुरेलले वित्तीय साक्षरताले आर्थिक लक्ष्य निर्धारण, पू“जीको व्यवस्थापन, आफनो सम्पत्तिको संरक्षण गर्नका साथै भविष्यमा आइपर्ने जोखिम वारेमा जानकारी प्राप्त गर्न मद्त पु¥याउने बताउँदै यसबाट लाभान्वित हुन आग्रह गरे ।
महिला उद्यम समिति संयोजक प्रतिभा रिजालले वित्तीय साक्षरताले महिला उद्यमी व्यवसायीहरुलाई उपयुक्त निर्णय लिन सक्षम वनाउने भएकाले अन्तरक्रिया कार्यक्रम आयोजना गरिएको वताइन् । उनले महिला उद्यमी व्यवसायीहरुको वित्तीय क्षेत्रमा पहुँच बढाउन साक्षरता अभियानले उत्प्रेरकको भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गरिन् ।
वैकर्स शर्मिला होमागाईले वित्तीय लक्ष्य निर्धारण, ऋणको सदुपयोग, खर्च गर्दा अपनाउनु पर्ने सतर्कता, जोखिम वहन क्षमता लगायतका विषयमा प्रकाश पार्दै वित्तीय संस्थाले महिला उद्यमी व्यवसायीको सुविधाका लागि गरेको व्यवस्थाबारे बताइन् ।
वैकर्स समिर श्रेष्ठले प्रविधिका कारण डिजिटल वैंकिङमा सर्वसाधारणको आकर्षण बढ्दो क्रममा रहेकाले मानिसहरुलाई सेवा उपभोग गर्न वैकसम्म धाउनुपर्ने वाध्यतामा कमी आएको बताए । उनले महिला उद्यमी व्यवसायीहरुलाई डिजिटल वैंकिङ प्रणाली प्रति अभ्यस्त हुन अनुरोध गर्दै वित्तीय संस्थाले डिजिटल वैंकिङका माध्यमबाट उपलब्ध गराउदै आएका सेवाहरुका विषयमा जानकारी दिए ।
नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशकी निवर्तमान अध्यक्ष सरु केसीले महिला उद्यमी व्यवसायीलाई बढावा दिँदा राज्य प्रणालीप्रति सकारात्मक सन्देश गई आर्थिक विकासमा सहयोगी सिद्ध हुने बताउँदै महिलाहरुलाई आपुूमा निहित सीपलाई उद्यमशीलता विकासमा रुपान्तरण गर्न आग्रह गरिन् ।
Discussion about this post