काठमाडौँ । नेपाली कांग्रेसले सरकारमा सहभागिताको लागि पार्टीबाट चार जनाको नाम मात्रै प्रधानमन्त्रीलाई बुझाएको छ।
पार्टीमा भागवण्डा नमिलेपछि कांग्रेस सभापति शेरबहादुर देउवाले चार जनाको मात्र नाम प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई बुझाएका देउवाको सचिवालयले देश सञ्चारलाई जानकारी दिएको छ।
उपसभाति पूर्णबहादुर खड्का उपप्रधान तथा रक्षामन्त्री, प्रवक्ता प्रकाशशरण महत अर्थमन्त्री , रमेश रिजाल उद्योग र सीता गुरुङको नाम शहरी विकासमन्त्री बनाउने गरी प्रधानमन्त्रीलाई नाम दिइएको छ।
सत्ता गठबन्धनको भागबन्डामा कांग्रेसले ८ मन्त्रालय पाएको छ। तर नेता डा. शेखर कोइराला समूहले दुई मन्त्री स्वीकार नगर्ने बताएपछि बाँकी मन्त्रीहरूको नाम पठाउन पनि रोकिएको हो। डा. कोइराला समूहमा सरकारमा सहभागिताको विषयलाई लिएर असन्तुष्टी चुलिएको छ।
सरकारमा आफ्नो पक्षको सहभागिता सम्मानजनक नभएसम्म मन्त्रीको नाम नदिने अडान लिएको छ। शुक्रबार बिहान बसेको डा. शेखर कोइराला समूहको बैठकले सम्मानजनक सहभागिता नभएसम्म मन्त्रीहरूको नाम नदिने निर्णय गरेको छ।
Discussion about this post