काठमाडौं । कोशी प्रदेशको नाम खारेजीको माग गर्दै काठमाडौंमा प्रदर्शन भएको छ ।
शुक्रवार काठमाडौंको माईतीघर मण्डलामा कोशी प्रदेशको नाम खारेज गर्न माग गर्दै बिरोध प्रदर्शन भएको हो ।
सचेत पहिचानवादी संघर्ष समिति, किराँत याक्थुङ चुम्लुङ काठमाडौं लगायतका पहिचानवादी संस्थाहरुले बिरोध प्रदर्शन गरेका हुन् ।
प्रदर्शनमा सहभागीमध्ये एक राजन मिकारुङले कुनैपनि आवाजलाई वार्ताद्वारा सम्बोधन गर्नु असल संस्कृति भएकाले चाँडो भन्दा चाँडो समस्या समाधानतर्फ जानु उचित हुने बताए ।
उनले नागरिकको समस्या समाधान गर्न नसके, प्रदेश सरकार र केन्द्र सरकारको नेतृत्वले राजीनामा दिनुपर्ने बताए।
प्रदर्शनकारीले पहिचान बिरोधी होशियार, कोशी प्रदेश खारेज गर्, पहिचानको आधारमा सबै प्रान्तको नामाकरण गर्, संघीयता पुनः सीमाङ्कन गर्, मुक्ति योद्धा लाजेहाङ लिम्बूलाई शहीद घोषणा गर् लगायतका नारा लगाएका लिए ।
Discussion about this post