इलाम । देशलाई समृद्ध बनाउने अठोट सहित राजनीतिमा लागेका युवालाई पनि विदेशिन थालेका छन् ।
जनतालाई समृद्ध बनाउन त कता हो कता जनताबाट मत पाएर निर्वाचित जनप्रतिनिधिहरु पछिल्लो समय आफ्नै भाविष्य अन्योल देखेपछि विदेश पलायन हुन थालेका छन् ।
पछिल्लो उदाहारण हुन् इलामको देउमाई नगरपालिकाका कैलाश श्रेष्ठ ।
उनी देउमाइ नगरपालिका वडा नं ५ बाट निर्वाचित भएका वडा सदस्य हुन् । उनी रोजगारीको सिलसिलामा दक्षिण कोरिया पलायन भएका छन्।
गत बैशाखमा सम्पन्न् सम्पन्न स्थानीय तहको निर्वाचनमा उनी वडाबाट एमालेका तर्फबाट निर्वाचित भएका थिए ।
जनताको मत पाएर निर्वाचित त भए नै तर पुरा कार्यकाल नबिताई रोजगारीका लागि कोरिया पलायन भएका छन् ।
उनी २०२२ को ईपीएस भासा परीक्षा उत्तीर्ण गरेर कोरिया गएका छन्। उनी रोजगारीको सिलसिलामा देश छाडेर कोरिया चलेपछि उनी रहेको वडा सदस्य पद रिक्त भएको छ।
नेपालमा सामाजिक काम गरेर मात्र गुजारा नचल्ने तथा आफ्नो आर्थिक अवस्था सुधार गर्न नसक्ने देखेर कोरिया भाषा पढेका उनले भाषा परीक्षा उत्तीर्ण गरेसँगै ईपिएसमार्फत कोरिया छिरेका छन् ।
Discussion about this post