इटहरी । ६६औं राष्ट्रिय सहकारी दिवसको अवसर पारेर सुनसरीमा सञ्चालनमा रहेका दर्जनभन्दा बढी सहकारी संस्थालाई सम्मान गरिएको छ ।
जिल्ला सहकारी संघ सुनसरीले इटहरीमा आयोजित कार्यक्रममा जिल्लाका प्रत्येक पालिकामा रहेका एक–एक, जिल्ला भरीको उत्कृष्ट एक तथा महिलाहरुले मात्र सञ्चालन गरेको एक सहकारी गरी १४ सहकारीलाई उत्कृष्ट सहकारीका रुपमा सम्मान गरेको हो ।
इटहरी उपमहानगरपालिकामा रहेको शुभलाभ साकोस, धरान उपमहानगरपालिकाको पानस साकोेस, इनरुवा नगरपालिकाको शिक्षकहित साकोस, रामधुनी नगरपालिकाको गौरी शंकर साकोसलाई सम्मान गरिएको हो ।
यसैगरी, बराहक्षेत्र नगरपालिकाको पिपलवोट साकोस, कोशी गाउँपालिकाको हनुमान कृषि सहकारी संस्था लिमिटेड, भोक्राहानरसिंह गाउँपालिकाको भद्रकाली साकोस, हरिनगर गाउँपालिकाको उपयुक्त कृषि सहकारी संस्था देवानगन्ज पनि सम्मानित भएका छन् ।
यस्तै, सिनुवारी महिला कृषि सहकारी संस्था लिमिटेड, बर्जु गाउँपालिकाको छिमेकी साकोस, गढी गाउँपालिकाको सफल महिला कृषि सहकारी संस्था र सुनसरी जिल्ला भरीको उत्कृष्ट सहकारीका रुपमा राष्ट्रसेवक वहुउद्धेश्यीय सहकारी संस्था लिमिटेड र जिल्ला भरीका महिलाहरुले मात्र सञ्चालन गरेका सहकारीहरु मध्ये दुहवीमा रहेको असल महिला साकोसलाई सम्मान गरिएको थियो ।
यसैबिच महिलाहरुले मात्र सञ्चालन गरेको मातृशिशु महिला शहकारी सस्था,सिटि बचत तथा श्रृण शहकारी सस्था र चिरायु बचत तथा श्रृण शहकारी सस्थालाई इटहरी उपमहानगर समितिले उत्कृष्ठ शहकारी सम्मान गरेको छ । सम्मानित शहकारीहरुलाई नगरप्रमुख पौडेलले सम्मानपत्रद्धारा सम्मान गरेका थिए ।
ती संस्थालाई इटहरी उपमहानगरपालिकाका नगरप्रमुख हेमकर्ण पौडेलले सम्मान प्रदान गरेका थिए । कार्यक्रममा नेफसकुनका पूर्व कार्यकारी अधिकृत कुबेर निरौला, प्रदेश सहकारी कार्यालयका रजिष्ट्रार हरिबहादुर खत्री, नेफ्स्कुनकै कोशी फिल्ड संयोजक गोमा नेपाल,जिल्ला सहकारी संघ सुनसरीका अध्यक्ष गंगाप्रसाद दहाल लगायतले सहकारीको भूमिकाबारे चर्चा गरेका थिए ।
केही सहकारीहरुले नीति, नियममा नबसी जथाभावी गरेका कारण अन्य सबै सहकारीहरुले दुःख पाउने अवस्था आएको उनीहरुले बताएका छन् ।कार्यक्रम जिल्ला सहकारी संघ सुनसरीका अध्यक्ष दाहालको अध्यक्षतामा सम्पन्न भएको थियो । कार्यक्रम अघि सहकारीकर्मीहरुले पञ्चेबाजा सहितको र्यालीले इटहरी पश्चिम लाइनको पचरुखि चोकको परिक्रममा गरेर आएको थियो ।
Discussion about this post