काठमाडौं । रवि लामिछानेविरुद्ध सर्वोच्च अदालतमा दायर रिटमा आज प्रारम्भिक सुनुवाइ हुने भएको छ ।
लामिछानेविरुद्ध राहदानी दुरुपयोगमा मुद्दा चलाउन अन्तरिम आदेशको माग गर्दै सर्वोच्चमा अधिवक्ता युवराज पौडेल (सफल)ले सोमबार रिट दर्ता गरेका थिए । उनको रिटमा प्रारम्भिक सुनुवाइका लागि आज पेसी तोकिएको हो ।
सर्वोच्च अदालतका प्रवक्ता बिमल पौडेलले लामिछानेको राहदानीको विषयमा मुद्दा नचलाउने महान्यायाधिवक्ता कार्यालयको निर्णयविरुद्ध रिट निवेदन दर्ता भएको जानकारी दिए ।
चैत ६ गते महान्यायधिवक्ताको कार्यालयले प्रहरीको राय र जिल्ला तथा उच्च अदालतको प्रतिवेदनअनुसार लामिछानेविरुद्ध राहदानीको विषयमा मुद्दा नचलाउने निर्णय गरेको थियो ।
अधिवक्ता पौडेलले नै लामिछानेको संसद् पदको योग्यतामाथि प्रश्न उठाउदै रिट दायर गरेका थिए ।
लामिछानेले सोमबार बिहान १० बजे भरतपुरस्थित मुख्य निर्वाचन अधिकृतको कार्यालय पुगेर वैशाख १० मा हुने उपनिर्वाचनका लागि उम्मेदवारी दर्ता गराएका छन् ।
Discussion about this post