पाँचथर / नयाँ वर्षका अवसरमा पाँचथरको फालेलुङ गाउँपालिकामा छैठौं चौंरी पर्यटन महोत्सवको आयोजना हुने भएको छ ।
चैत ३० गते सुरु हुने महोत्सव वैशाख २ गतेसम्म सञ्चालन गर्ने आयोजकको तयारी छ । महोत्सवका मुख्य क्रियाकलाप र प्रदर्शनी वैशाख १ गते नै सम्पन्न हुनेछन् ।
हिमाली क्षेत्रमा रहेका चौंरी गाई र तिनका प्रजातीको संरक्षणसँगै चौंरीजन्य उत्पादनहरुको प्रवर्द्धन र बजारीकरण गर्ने उद्देश्यले २०७४ सालदेखि यो महोत्सव हुँदै आएको छ ।
महोत्सवमा पाँच सयभन्दा धेरै चौंरी र याकको प्रदर्शनी, चौंरी र भेडाजन्य उत्पादनका स्टल राखिने छ ।
चौंरीको दूधबाट निर्मित घिउ, छुर्पी, चीजसँगै रौंबाट निर्माण भएका वस्त्र र हिमाली संस्कृति झल्काउन वस्तु राखिनेछन् ।
Discussion about this post