तरहरा । सहारा नेपाल तरहराले संस्थाको २८ ओँ बार्षिक उत्सवको अवसर पारेर तरहरा होम्स क्षेत्रमा आफ्नो गाँउ सफा बनाउ अभियान गरि सरसफाइ तथा डस्विन वितरण कार्यक्रम सम्पन्न गरेको छ ।
सहारा नेपाल साकोस तरहरा सेवा केन्द्रले इटहरि २० तरहरा होस्स चेक देखि सरसफाइ अभियान सुरु गरेको हो । कार्यकम ईटहरी २० का वडाअध्यक्ष मणिराम क्षेष्ठले उदघाटन गरेका थिए । कार्यक्रममा तरहरा जेसिजका अध्यक्ष बहादुर तामाङ, टोल विकास अध्यक्ष अर्जुन बस्नेत , नेपाल रेडक्स सोसाइटी तरहराका सभापति सुमन दाहाल , सहारा नेपाल साकोस अनुगमन अधिकृत रतन तिम्सिना , उप समिति संयोजक यामबहादुर बस्नेत , वडा न २० का वडा सदस्य सुरेस गुरुङ,धर्मा गिरि लगायत सम्पुण शेयरसदस्य तथा समुह पदाधिकारिको उपस्थिति रहेको थियो ।
कार्यक्रममा नया बर्स २०८० को शुभकामना आदान प्रदान सगै क्यालेण्डर समेत बितरण गरिएको थियो । वडाअध्यक्ष क्षेष्ठले सदस्यले लिएको ऋणको सहि सदुपयोग गरि आफनो जिवनस्तर उकास्न र राम्रो कार्यको लागि संस्थालाइ सधे साथ र सपोट गर्ने बताए ।
सेवा केन्द्र प्रमुख शान्ता काफ्लेले कार्यक्रमको औचित्य सहित तरहरा सेवा केन्द्रको प्रगति ,सम्भावना र चुनौति तथा संस्थाले गरिरहेको कार्यकम तथा सामाजिक क्षेत्रका कार्यहरु बारे प्रष्ट पारिन । काफ्लेले सदस्य ले गर्न पर्ने कार्य बारे अवगत गराउदै काम कर्तब्य र अधिकार का बारेमा जानकारी गराईन । अनुगमन अधिकृत रतन तिम्सिनाले सहाराको बिगतको पृष्ठभुमि सँगै हाल सहकारी क्षेत्रका अवसर र चुनौति र शेयर सदस्यले खेल्नु पर्ने भुमिका र सस्थाले गिरहेको सामाजिक कामको कामको बारेमा प्रष्टयाए ।
सहकारीहरु प्रति दिनदिनै जन बिश्वास घटदै गएको सन्दर्भमा र सहकारी हरु धराशायी भईरहेको परिस्थितिमा पनि सहाराको बित्तिय सुचकां सन्तोषजनक रहेको र सहाराका कर्मचारीहरु प्रबिधिमा अब्बल रहे सगै पेशा प्रति इमान्दार रहेकोले सदस्यको ऋण बचत अपचलन नहुने कुरामा ढुक्क भएर कारोबार गर्न आब्हान गरे ।
Discussion about this post