धरान । धरानलाई कायापलट गराउने योजना मध्येको धरान एयरपोर्ट निर्माणको योजनालाई मेयर हर्कराज राईले विसर्जन गरेका छन् ।
यस अघिका नगर प्रमुख तथा धरानका शिर्ष नेतृत्वले प्राथमिकताका साथ उठाउदै आएको एयरपोर्टको योजनालाई मेयर हर्कराज राईले हेलिप्याडमा लगेर विसर्जन गरेका हुन् । धरानका सय योजनामा बजेट माग गर्दै विभिन्न मन्त्रालय पुगेका मेयर राईले धरान एयरपोर्टको योजनालाई आउट गरेर हेलिप्याडलाई बजेट माग गरेका छन् ।
दुई दशक अघि नै एयरपोर्टकालागी धरान–१७ मा जग्गा अधिग्रहण गरीएको थियो । धरानमा एयरपोर्ट बनाउने मुद्दामा यस अघि धरानमा चुनाव लड्ने सबै राजनीतिक दलका उम्मेदवार पार्टीका नेताहरुले प्रतिबद्धता व्यक्त गर्दै आएका छन् । पछिल्लो समय एयरपोर्टको मुद्दा ओझेलमा पर्दै आएको छ ।
त्यस्तै मेयर राईले धरान–६ मा बन्ने औद्योगिक ग्रामलाई बजेट माग नगरी धरानको २० नं. वडामा औद्योगिक क्षेत्र बनाउने योजना अघि सारेका छन् । औद्योगिक ग्रामको योजना सम्पन्न भए धरानको आम्दानीमा उल्लेख्य वृद्धि हुने अपेक्षा गरिएको छ ।
मेयर राईले बुझाएका सय योजनामा अधिकांश योजना यस अघिका मेयरले उठान गर्दै आएका योजना छन् । मेयर राईले सप्तकोसीको खानेपानी, हेलिप्याड, बेसार तथा साबुन फ्याक्ट्री, कपास खेती, ऐलानी जग्गामा तरकारी खेती जस्ता योजना मात्रै नयाँ योजना हुन् ।
Discussion about this post