काठमाडौं । नेपाल पव्लिक क्याम्पस संघको १२औँ राष्ट्रिय महाधिवेशनका अवसरमा विभिन्न व्यक्तित्वलाई सम्मान गरिएको छ ।
कार्यक्रममा विद्यावारिधि उपाधिका लागि प्रा. डा. गीता अधिकारी, सहप्राध्यापक डा. टोलनाथ काफ्ले, दर्शनाचार्य उपाधिका लागि इन्द्रप्रसाद प्याकुरेल, उमेश खड्का, तीर्थ आचार्य, गोविन्द पुरीलगायतको सम्मान गरिएको हो ।
शिवराज सञ्जेलको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि शिक्षा विज्ञान तथा प्रविधिमन्त्री अशोककुमार राई, विश्वविद्यालय अनुदान आयोगका अध्यक्ष प्रा. डा. देवराज अधिकारी, पोखरा विश्वविद्यालयका उपकुलपति प्रा. डा. प्रेमनारायण अर्याल, त्रिभुवन विश्वविद्यालयका रजिष्टार प्रा. डा. पेशल दाहाललगायतको सहभागिता थियो ।
त्रिवि अडिटोरीयम हलमा आयोजित कार्यक्रममा देशभरका सामुदायिक क्याम्पसका क्याम्पस व्यवस्थापन समितिका अध्यक्षहरु, क्याम्पस प्रमुखहरु र प्राध्यापक संघका अध्यक्षहरुको उपस्थिति थियो ।
देशभर ५५७ वटा सामुदायिक क्याम्पसहरु समुदायल सञ्चालन गरिरहेको संघले जनाएको छ ।
तिनमा राज्यको लगानी नभइ समुदायको लगानी भएको जनाइएको छ ।
Discussion about this post