धरान । नेपाल उद्योग तथा व्यवसायी महासंघ धरान उपमहानगर कमिटिको अध्यक्षमा शिवराज श्रेष्ठ चयन भएका छन् ।
शनिबार धरानमा भएको पहिलो नगर अधिवेशनले श्रेष्ठको अध्यक्षतामा २० सदस्यीय समिति चयन गरेको छ । महासंघको उपाध्यक्षद्वयमा टंककुमारी गुरुङ र राजेश अग्रवाल चयन भएका छन् । त्यस्तै दिपेन्द्र निरौला सचिव, मिसन लामा कोषाध्यक्ष, वैजुप्रसाद शाह र जीवन राई सहसचिव तथा लिला शंकर सहकोषाध्यक्ष चयन भएका छन् ।
प्रतिबद्धता मन्तव्य व्यक्त गर्दै नव निर्वाचित अध्यक्ष शिवराज श्रेष्ठले व्यवसायीको हितका निम्ती काम गर्ने बताउनुभयो । उहाँले आर्थिक मन्दीका कारण व्यवसायीहरु पलायन हुनुपर्ने अवस्था आएको भन्दै व्यवसायमुखी वातावरण बनाउन सरकारसँग आग्रह समेत गर्नुभएको थियो ।
Discussion about this post