इटहरी । सुनसरीको इटहरीमा अन्तराष्ट्रिय एबीहोल्डिङ्स कम्पनिले निर्माण गरिरहेको पाँचतारे होटलको निर्माण कार्य अन्तीम चरणमा पुगेको छ । ८० वटा अत्याधुनिक कोठा सहितको आठ तलाको उक्त होटल को हाल ७० प्रतिशत काम सम्पन्न भईसकेको छ । इटहरी वडा नम्बर ९ मा निर्माणाधिन र्हो ‘ग्राण्ड सेन्ट्रल’ नाम दिइएको छ ।
उक्त होटललाई कोशी प्रदेशको पर्यटन र बिजनेसका गतिविधिहरु सँग जोडेर अघि बढाउने लक्ष्य लिइएको होटलका सञ्चालक देशबन्धु बस्नेतले जानकारी दिए । छिमेकी देश भारतबाट नेपाल आउने पर्यटक तथा व्यवशायीहरुलाई लक्षित गरिएको उक्त होटलमा विश्वस्तरीय सुविधा दिइने उनले बताए ।
होटलमा स्वीमिङ पुल, जिम क्लब, स्पा, साउनाबाथ लगायत विश्वस्तरको होटलमा हुने सबै सुविधा उपलब्ध हुने छन् । आफ्m्ना ग्राहकहरुलाई बढीभन्दा बढी सुविधा दिने उद्देश्यले विशेष अवधारणामा होटल सञ्चालनमा ल्याउन लागिएको कम्पनिले जानकारी दिएको छ । ७० प्रतिशत निर्माणको काम सम्पन्न भएको बताउँदै कम्पनीले सन् २०२३ भित्रमा सञ्चालनमा ल्याउन लागेको हो ।
इटहरीमा ठूला लगानीका योजनाहरु सञ्चालन गर्ने होल्डीङ्सका सञ्चालक बस्नेत उद्योग वाणिज्य संघ इटहरीका संस्थापक अध्यक्ष चन्द्रबहादुर बस्नेतका छोरा समेत हुन् ।
काठमाडौमा बसाइ भएपनि इटहरी जन्मथलो भएको कारण इटहरीको विकास हुने गरी आफूले व्यवशायिक गतिविधिलाई समेत अघि बढाएको बस्नेतले बताएका छन् । उनले इटहरीको विकासको लागि यहाँको सामाजिक, आर्थिक क्षेत्रमा समेत आफू इटहरीलाई सहयोग गर्न तयार रहेको बताएका छन् ।
देशबन्धु बस्नेत उद्योग वाणिज्य महासंघको केन्द्रिय सदस्य उनी महासंघमा समेत सक्रिय छन् ।
उनले त्यहाँ द्वि–राष्ट्रिय एवं गैर आवासीय नेपाली समन्वय फोरमका अध्यक्ष छन् भने जाम्बियाकालागि नेपालकामानार्थ वाणिज्य दूतसमेत हुन् । जाम्बियाको अबैतानिक दूतको भुमिकामा उनले सिंगो अफ्रिका महादेशसँग नै राम्रो सम्बन्ध विस्तार गर्न पहल गरिरहेका छन् ।
इटहरीमा थप व्यवशायीक गतिविधि स्थापना तथा सञ्चालन गर्ने योजना बनाइरहेका छन् भने इटहरी आसपासका क्षेत्रमा समेत विभिन्न सम्भावनाहरु नियालिरहेको जानकारी दिए ।
विभिन्न अवसरका क्षेत्रमा लगानी गर्नको लागि एबी इन्भेस्टमेन्ट कम्पनि सञ्चालनमा ल्याएको उनको कम्पनिले पूर्वाधार निर्माणको क्षेत्रमा काम गर्नको लागि एबीइन्फ्रा डेभलपर प्रालि सञ्चालन गरिरहेको छ । यो कम्पनिले आफै वा ज्वाइन्ट भेन्चरमा पूर्वाधार निर्माणका क्षेत्रमा काम गर्ने गर्छ ।
कम्पनिले शिक्षा, प्रविधि र ऊर्जाको क्षेत्रमापनि रिसर्च गरी लगानी गर्नको लागि योजना अघि बढाएको छ । यसबाहेक देशका विभिन्न ठाउँमा कम्पनिले होटल, पार्क, रिसोर्ट, स्वास्थ्य तथा निर्माणका क्षेत्रमा पनि काम गरिरहेको छ ।
Discussion about this post