काठमाडौं । पञ्चकन्या ग्रुपका कार्यकारी निर्देशक उज्वलकुमार श्रेष्ठ उद्योग वाणिज्य महासंघको कार्यकारिणी समिति सदस्यमा निर्वाचित भएका छन् ।
एसोसिएटतर्फबाट उनी महासंघको सदस्य निर्वाचित भएका हुन् ।
यसअघि उनले महासंघको उद्योग प्रवर्द्धन समितिमा रहेर काम गरेका थिए ।
विभिन्न सामाजिक संस्थाहरुमा आबद्ध रहेर पनि उनले काम गरिसकेका छन् ।
महासंघ अन्तर्गतको अन्तर्राष्ट्रिय लगानी तथा प्रवर्द्धन समितिमा पनि काम गरेको अनुभव उनले हासिल गरेका छन् ।
Discussion about this post