काठमाडौँ । सरकारले निजामतीमा दुई तह थप्ने तयारी गरेको छ । हाल १२ औँ र १३ औँ तहको पदलाई विशिष्ट श्रेणीको सचिव मानिँदै आएकोमा अब दुई तह थपेर १३ औँ,१४ औँ र १५ औँ तहसम्म पुर्याउने प्रस्ताव सङ्घीय निजामती सेवा ऐनमा गरिएको छ ।
प्रस्तावित मस्यौदाको दफा नम्बर ६ मा,श्रेणी र पदसम्बन्धी व्यवस्था गरिएको छ । सो दफाले निजामती सेवा ऐनमा थप दुई तह थपेर १५ औँ तहसम्म पुर्याउने प्रस्ताव गरिएको हो । अहिले तहगतमा रहेका स्थानीय तह,प्रदेशलाई मिलाउनका साथै सेना प्रहरीको पदमा समेत एकरूपता कायम गर्न यो प्रस्ताव गरिएको सरोकारवालाहरूले जनाएका छन् ।
मस्यौदामा अधिकृत बाह्रौँ तहमा बहाल रहेका निजामती कर्मचारी ऐन प्रारम्भ भएपछि अधिकृत तेह्रौँ तहमा कायम गरिने उल्लेख गरिएको छ । यस्तै माथिल्लो तहमा बढुवा हुँदा अधिकृत बाह्रौँ तहको पदमा बहाल रहेको अवधिलाईसमेत हालको पदको अवधिमा गणना गर्ने बुँदा हालिएको छ ।
यस्तै राजपत्राङ्कित प्रथम श्रेणीलाई अधिकृत एघारौँ र बाह्रौँ बनाइएको छ भने राजपत्राङ्कित द्वितीय श्रेणीलाई अधिकृत दसौँ र नवौँ कायम गरिएको छ । राजपत्राङ्कित तृतीय श्रेणीलाई अधिकृत छैटौँ, सातौँ र आठौँ बनाइएको छ । राजपत्र अनङ्कित प्रथमलाई सहायक पाँचौँ, द्वितीयलाई सहायक चौथो र तृतीयलाई सहायक तेस्रोमा लगिएको छ । चतुर्थ र पाँचौँ भने गणना गरिएको छैन ।
राजपत्र अनङ्कित तृतीय श्रेणी र सहायक तेस्रो तहमा कुनै निजामती कर्मचारीको पदाधिकार नरहेमा सो पद स्वतः खारेज हुने विधेयकको मस्यौदामा उल्लेख छ । अहिले तहगतमा रहेका र सेना प्रहरीको पदमा समेत एकरूपता कायम गर्न यो प्रस्ताव ठिक रहेको बहालवाला कर्मचारीहरूको तर्क छ ।
नयन एडभरटाइजिङ मिडिया प्रा.लि.द्वारा सञ्चालित
प्रधान कार्यालय : इटहरी ६, सुनसरी, कोशी प्रदेश
शाखा कार्यालय : ललितपुर २७, सुनाकाेठी, बागमती प्रदेश
मोबाइल : ९८५१०५१९९६,९८५२०४८९९६७
इमेल : khabarprades@gmail.com
पान नं. : ६०६८०४३५६
अध्यक्ष/सम्पादक : पवन अधिकारी
मुख्य संवाददाता : मनाेज दाहाल
संवाददाता : गंगादेवी गाैतम
प्रेस काउन्सिल सूचीकरण नम्वर : ३७२४/२०७९/०८०
सुचना विभाग दर्ता नम्वर : ३७३६/२०७९/०८०
© Nayan Advertising Media Pvt. Ltd 2022 । Design by : IT Karkhana
Discussion about this post