विश्व शान्तिको कामना गर्दै राष्ट्रपतिले उडाए परेवा

सोमबार, २९ बैशाख २०८२

काठमाडौँ  : २५६९औं बुद्ध जयन्तीको अवसरमा राष्ट्रपति रामचन्द्र पौडेलले काठमाडौंको बौद्धनाथ स्तूपको भ्रमण गरेका छन्।

त्यस अवसरमा राष्ट्रपति पौडेलले बौद्ध स्तूपा पुगेर पूजा अर्चना गरे ।

राष्ट्रपति पौडेल विश्व शान्तिको सन्देश प्रवाह गर्न शान्तिको प्रतीक मानिने सेतो परेवा उडाएर विशेष अनुष्ठानमा सहभागि भए ।

बुद्ध जयन्ती बुद्ध जन्मस्थल लुम्बिनीसँगै देशभरका बौद्ध स्तूपा, विहार र गुम्बामा पूजाआजासहित विविध कार्यक्रम गरी बुद्ध जयन्ती मनाइँदैछ ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार