पथरीलाई रोक्दै मच्छिन्द्र पाँचथर गोल्डकपको फाइनलमा

बुधबार, २८ फागुन २०८१
पाँचथर : मच्छिन्द्र फुटबल क्लब पाँचथरको फिदिममा जारी पाँचौँ संस्करणको पाँचथर गोल्डकपको फाइनलमा प्रवेश गरेको छ । फिदिम माविको खेल मैदानमा बिहीबार सम्पन्न सेमी फाइनलमा प्रतिद्वन्द्वी इन्ट्रा पथरी फुटबल क्लबलाई ३–१ गोल अन्तरले हराएसँगै मच्छिन्द्रले फाइनलमा स्थान सुरक्षित गरेको हो । मच्छिन्द्रका तर्फबाट पहिलो गोल २३ औँ मिनेटमा विशाल घलानले गोल गर्दै टिमलाई सुरुवाती अग्रता दिए पनि पथरीका तर्फबाट खेलेका विदेशी खेलाडी अर्माण्ड वाइडमले ६६ औँ मिनेटमा जवाफी गोल फर्काउँदै बराबरीमा पु¥याएका थिए । पुनः मच्छिन्द्रका तर्फबाट खेलेका अर्का विदेशी खेलाडी स्टेफेनले ८४ औँ मिनेटमा दोस्रो गोल गर्दै पुनः आफ्नो टिमलाई अगाडी बढाए । तेस्रो गोल अतिरिक्त समयमा मच्छिन्द्रका नवयुग श्रेष्ठले गरे । बिहीबारको खेलमा मच्छिन्द्रका तर्फबाट खेलेका स्टेफेनलाई उत्कृष्ट खेलाडी घोषित गर्दै नग ७ हजार ५ सय पुरस्कार प्राप्त गरेका छन् । शुक्रवार चर्च ब्वाइज क्लब काठमाडौँ र नमो बुद्ध फुटबल क्लब सप्तरी बिच अन्तिम खेल हुने आयोजक पाँचथर क्लबले जनाएको छ । फाइनल खेल चैत २ गते हुने तालिका छ । फागुन २४ गते सुरु भएको पाँचौँ संस्करणको पाँचथर गोल्डकपमा नेपाल र भारतका ८ टिम सहभागी थिए । प्रतियोगिताको विजेताले नगद ११ लाख १ हजार १ सय ११ र उप–विजेताले ५ लाख ५ हजार ५ सय ५५ रुपियाँ नगद पुरस्कार सहित ट्रफि मेडल र प्रमाण–पत्र प्राप्त गर्नेछन् ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार