झापा । काठमाडौंमा जारी शिक्षक आन्दोलनमा सहभागी भएर फर्किंदै गरेका शिक्षक सवार एक यात्रुबाहक बस झापामा दुर्घटनामा पर्दा २१ जना घाइते भएका छन् । तीमध्ये १३ जना शिक्षक रहेका छन् ।
दुर्घटना आज (शनिबार) बिहान करिब ५ः३० बजेको समयमा झापाको शिवसताक्षी नगरपालिका–९ स्थित दूधेमा भएको हो ।
पूर्व–पश्चिम राजमार्ग अन्तर्गत काँकडभिट्टातर्फ जाँदै गरेको प्रदेश १–०१–००१ ख ४२३५ नम्बरको यात्रुबाहक बस आफैं अनियन्त्रित भएर सडकबाट खस्दा दुर्घटना भएको हो ।
कोशी प्रदेश ट्राफिक प्रहरी कार्यालयका प्रमुख एसपी विनोद घिमिरेका अनुसार, दुर्घटनामा घाइते भएका १२ जनाको विर्तासिटी अस्पताल र ९ जनाको बी एन्ड सी अस्पतालमा उपचार भइरहेको छ । घाइतेको अवस्था सामान्य रहेको छ ।
बस चालक शिवसताक्षी–८ झिलझिलेका ३८ वर्षीय महेन्द्र कन्दङवाललाई प्रहरीले नियन्त्रणमा लिएर घटनाको अनुसन्धान थालेको छ ।
दुर्घटनामा परेका अधिकांश व्यक्ति शिक्षक हुन् । उनीहरू झापा, इलाम, पाँचथर, कालिकोट, दोलखा लगायतका विभिन्न जिल्लाबाट काठमाडौंमा आयोजित शिक्षक आन्दोलनमा सहभागी भई फर्किंदै थिए । केही शिक्षक भने आन्दोलनपछि साथीसँग पूर्व घुम्न निस्केका थिए ।
यी हुन् दुर्घटनामा घाइते हुनेहरू
१, झापाको मेचीनगर नगरपालिका–१ का ५५ वर्षीय टेकचन्द्र फुयाँल
२, दोलखाको गौरीशंखर नगरपालिका– ४ का ५२ वर्षीय शान्तिप्रसाद उप्रेती
३, इलामको सन्दकपुर गाउँपालिका–५ का ४६ वर्षीय गोपाल खतिवडा
४, झापाको मेचीनगर–१४ का ५२ वर्षीय सिकेन्द्र ढकाल
५, झापाको अर्जुनधारा नगरपालिका–१० का ४० वर्षीय लोकनाथ ढकाल
६, पाँचथरको फाल्गुनन्द गाउँपालिका–७ का ४५ वर्षीय सीताराम अधिकारी
७, कालिकोटको रास्कोट नगरपालिका–४ का ३६ वर्षीय पूर्णनाथ योगी
८, झापाको कचनकवल गाउँपालिका–३ का २० वर्षीय श्याम तामाङ
९, झापाको मेचीनगर–१ का ३९ वर्षीय अनिल विक
१०, झापाको भद्रपुर नगरपालिका–५ का ३७ वर्षीय भोला पन्थी
११, इलामको फाकफोकथुम गाउँपालिका–३ का ३५ वर्षीय सन्तोष आचार्य
१२, झापाको बिर्तामोड नगरपालिका–६ का ४३ वर्षीय शान्तिमाया राई
१३, झापाको मेचीनगर–९ का ४६ वर्षीय ईश्वरप्रसाद भण्डारी ।
१४, मेचीनगर–९ की ३२ वर्षीय सृजना प्रसाईँ
१५, मेचीनगर–९ की ५२ वर्षीया सीता मगर
१६, मेचीनगर–९ का ५० वर्षीय सीताराम रिमाल
१७, मेचीनगर–४ का ५५ वर्षीय मीनबहादुर पौडेल
१८, मेचीनगर–८ का ४२ वर्षीय पदमप्रसाद पौडेल ।
१९, झापाको कनकाई नगरपालिका–३ का २४ वर्षीय राजन चिमरिया
२०, पाँचथरका २८ वर्षीय दीपक सुब्बा
२१, रौतहट राजपूतका २५ वर्षीय विक्रमकुमार दास
प्रतिक्रिया