पूर्वमन्त्री तथा नेपाली कांग्रेसका नेता मोहम्मद अफताब आलम सिनामंगलस्थित केएमसी अस्पतालमा भर्ना भएका छन्। उनको स्वास्थ्य अवस्था जटिल रहेकाले भेन्टिलेटरमा उपचार भइरहेको छ।
आलमको छोरा रजिक आलमका अनुसार, अघिल्लो बुधबार अस्पताल भर्ना भएदेखि उनको स्वास्थ्य अवस्थामा विशेष सुधार देखिएको छैन।
मस्तिष्कघातका कारण स्वास्थ्यमा निरन्तर समस्या आइरहेको र केही समयअघि नयाँ दिल्लीमा उपचार गराएर फर्किएका आलमलाई पुनः स्वास्थ्य समस्या आएपछि अस्पताल भर्ना गरिएको हो।
रजिकका अनुसार, हालको अवस्थामा आलमको अवस्था बिग्रिएको छैन तर सुधार पनि देखिएको छैन।
प्रतिक्रिया