भारतमा छठ पर्वमा नदी तथा तलाउमा नुहाउने क्रममा डुबेर कम्तीमा १३३ जनाको मृत्यु

बुधबार, १२ कार्तिक २०८२

नयाँ दिल्ली : भारतको पूर्वी राज्य बिहार र झारखण्डमा छठ पूजाको अवसरमा नुहाउने क्रममा नदी तथा तलाउमा डुबेर कम्तीमा १३३ जनाको मृत्यु भएको स्थानीय सञ्चारमाध्यमहरूले जनाएका छन् ।

बिहारमा मात्र १०८ जनाको मृत्यु भएको र १० जना बेपत्ता भएको बताइएको छ । छिमेकी राज्य झारखण्डमा डुबेर मृत्यु हुनेको संख्या २५ पुगेको छ ।

छठ पर्व मनाउने क्रममा यी प्रदेशका विभिन्न जिल्लाका नदी, खोला र अन्य जलाशयमा डुबेर मृत्यु भएका हुन् ।

स्थानीय प्रशासनले बेपत्ताको खोजीका लागि विपद् व्यवस्थापन बलका टोलीहरू परिचालन गरेको जनाएको छ ।

स्थानीय सञ्चारमाध्यमका अनुसार गोताखोर र प्रहरी टोली खोजी तथा उद्धार कार्यमा संलग्न छन् । अधिकारीहरूले भक्तजनहरूलाई नदी किनारमा सतर्क रहन र धार्मिक स्नानका क्रममा गहिरो पानीमा नजान आग्रह गरेका छन् ।

छठ पूजाको अवसरमा सयौँ हिन्दू भक्तजनहरू नदी र पोखरीको पानीमा घुँडासम्म उभिएर वा डुबुल्की मारी पूजापाठ गर्ने गर्छन् ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार