विश्वको सबैभन्दा विवादित फिल्म, दृश्य यति भयानक कि १०० देशमा लाग्यो प्रतिबन्ध

शनिबार, १३ बैशाख २०८२

काठमाडौँ : ‘सालो एण्ड द १२० डेज अफ सदोम’, सिनेमा प्रेमीहरू यी नामहरू सुनेर आज पनि चम्किलो हुन्छन्। सन् १९७५ मा बनेको यो इटालियन फिल्मलाई अहिलेसम्मकै सबैभन्दा विवादित फिल्मको रूपमा लिइन्छ ।

 यसको कथा मात्र नभई यसमा देखाइएको क्रूरता, नग्नता र यौनजन्य यातनाका कारण यो फिल्म विश्वभरका सिनेमा प्रेमी र समीक्षकबिच चर्चाको विषय बनेको थियो । सन ७० को दशकमा जब युरोपेली सिनेमा प्रयोगको चरम सीमामा थियो, यो फिल्मले सीमा नाघेर मानवीय क्रूरता र शक्तिको विकृत मानसिकतालाई पर्दामा ल्याएको थियो ।

 निर्देशक पियर पाओलो पासोलिनीले निर्देशन गरेको यस फिल्मको कथा चार धनी र भ्रष्ट राजनीतिज्ञको वरिपरि घुमेको छ । फाँसीवादी शासनकालमा युवाहरू अपहरण गरी उनीहरू माथि अमानवीय अत्याचार गर्नेहरूको कथामा आधारित रहेको छ ।  फिल्ममा शारीरिक हिंसा, मानसिक यातना र यौन शोषणका दृश्यहरू यति ग्राफिक्स थिए कि धेरैलाई हेर्नै नसक्ने अवस्था थियो ।

 फिल्म रिलिज हुने बित्तिकै ठुलो विरोधको सामना गर्नुपरेको थियो । पेरिस फिल्म फेस्टिभलमा यसको प्रदर्शन पछि इटालीमा केही दिनको लागि रिलिज गरिएको थियो, तर चाँडै जनवरी १९७६ मा प्रतिबन्ध लगाइयो। अस्ट्रेलिया, बेलायत र न्युजिल्याण्ड, एसिया, उत्तर अमेरिका, दक्षिण अमेरिका, अफ्रिकालगायत करिब १०० देशले यो फिल्मलाई प्रतिबन्ध लगाएका थिए र अझै पनि सो कायमै रहेको छ । 

 तर पनि सन् १९७७ मा अमेरिकामा रिलिज भएको थियो तर त्यहाँ पनि अश्लीलता र समाज विरोधी सामग्रीका कारण कानुनी समस्यामा परेको थियो। यो फिल्मलाई लिएर दर्शक र समीक्षकको मत पनि विभाजित रह्यो । कतिपयले यसलाई सत्ता र राजनीतिको अँध्यारो पक्षलाई चित्रण गर्ने ‘आर्ट फिल्म’ भनेका छन् भने धेरैले यसलाई क्रूर र अमानवीय भनेका छन् । 

 द न्यु योर्क टाइम्सका भिन्सेन्ट क्यानबीले फिल्मको आलोचना गर्दै भनेका छन् कि यो हेर्नु भनेको आत्मालाई चियाउने अनुभव हो। रोजर एबर्टजस्ता आलोचकले पनि यस्तो फिल्म कहिल्यै नदेखेको उल्लेख गरेका छन् ।

 तर, यस पूरै फिल्मलाई अझ रहस्यमय बनाउने कुरा भनेको यसको निर्देशक पासोलिनीको निर्मम हत्या हो। पासोलिनीको नोभेम्बर १९७५ मा निर्ममतापूर्वक हत्या गरियो, फिल्म रिलिज हुनु केही हप्ता अघि उनको निर्ममतापूर्वक हत्या गरिएको हो ।  उनको शवलाई कारले किचेको थियो, उनको हड्डी भाँचिएको थियो र पोस्टमार्टम रिपोर्टले उनको गुप्ताङ्ग समेत कुच्चिएको पुष्टि भएको थियो। 

 उनको हत्या पछि धेरैले धेरै कोणबाट अनुसन्धान गर्ने देखी अनुमान लगाउनेसम्मका काम गरी नै रहेका छन् । कहिले गुन्डा, कहिले आर्थिक शत्रुता र कहिले राजनीतिक कारण हत्याको कारण भनिन्छ तर आज पनि यो घटना समाधान हुन सकेको छैन, उनको हत्या अझै पनि रहस्यमय नै रहेको छ।
 

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार