लेटाङमा १८ दिनदेखि बेपत्ता बालिका मृत अवस्थामा फेला

शुक्रबार, ०७ कार्तिक २०८२

मोरङ । १८ दिनदेखि बेपत्ता रहेकी लेटाङ नगरपालिका–२ स्कुलचोककी १३ वर्षीया अंशु गौतम मृत अवस्थामा फेला परेकी छन्।

उनको शव आज बिहान लेटाङ–बेलबारी सिमानासँगैको जंगल क्षेत्रमा विभत्स रूपमा हत्या गरिएको अवस्थामा फेला परेको इलाका प्रहरी कार्यालय लेटाङले पुष्टि गरेको छ। 

गत असोज २१ गते दिउँसो ‘साथी भेट्न जाँदै छु’ भनेर घरबाट निस्केकी अंशु त्यसपछि बेपत्ता भएकी थिइन्। परिवारले निरन्तर खोजी गरे पनि उनीबारे कुनै जानकारी नपाएको अवस्थामा आज बिहान उनको शव भेटिएको हो।

इलाका प्रहरी कार्यालय लेटाङका प्रहरी निरीक्षक राकेश रेग्मीका अनुसार घटनाको सम्बन्धमा गम्भीर अनुसन्धान सुरु गरिएको छ। उनले भने, “बालिकाको हत्या कसले र किन गर्‍यो भन्ने विषयमा प्रहरीले विभिन्न कोणबाट अनुसन्धान गरिरहेको छ। अपराधी पत्ता लगाउन खोजी तीव्र गतिमा अघि बढाइएको छ।”

घटनाले गाउँभर शोक र आक्रोश फैलिएको छ। स्थानीय बासिन्दाले दोषीलाई तत्काल पक्राउ गरी कडा कानुनी कारबाही गर्न माग गरेका छन्।

 शव पोष्टमार्टमका लागि लगिएको छ भने विस्तृत विवरण अनुसन्धानपछि सार्वजनिक गर्ने तयारी प्रहरीले गरेको छ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार