बुटवल : दिदीको हातबाट तिहारको टीका लगाएर फर्किँदै गर्दा देउखुरीमा बसको ठक्करबाट एक जनाको मृत्यु भएको छ ।
राप्ती गाउँपाकिका-५ सिंगे निवासी करिब ६५ वर्षीय राम प्रसाद भट्टराईको बसको ठक्करबाट मृत्यु भएको वडा प्रहरी कार्यालय लमहीका प्रमुख रोषणराज पाण्डेले जानकारी दिए ।
पूर्वपश्चिम राजमार्ग अन्तर्गत लमही नगरपालिका-५ लमही बजार प्रतिष्ठा पेट्रोल पम्प नजिकै आज दिउँसो १ बजेको समयमा बसले ठक्कर दिँदा उनी गम्भीर घाइते भएका थिए ।
पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको लु १ ख ९८७६ नम्बरको बसले ठक्कर दिएको थियो । गम्भीर घाइते भट्टराईको लमही अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरी कार्यालयले जनाएको छ ।
ठक्कर दिने बस र चालक प्रहरी नियन्त्रणमा रहेको जनाइएको छ ।
प्रतिक्रिया