कलैयाका चारवटा निजी अस्पताल बन्द गर्न मुख्यमन्त्रीको निर्देशन

शनिबार, १३ बैशाख २०८२

 

रौतहट । मधेस प्रदेशका मुख्यमन्त्री सतिस सिंहले कलैयाका चारवटा निजी अस्पताललाई मापदण्ड पूरा नगरेको भन्दै बन्द गर्ने निर्देशन दिएका छन ।

बाराको कलैयामा शनिबार निजी अस्पताल अनुगमनका क्रममा मुख्यमन्त्री सिंहले सो निर्देशन दिएका हुन् । 

योगशिला अस्पताल प्रालि, सब मेट्रोसिटी हस्पिटल प्रालिराजकुमारी प्रालि क्लिनिक र कलैया हस्पिटल प्रालिलाई बन्द गर्न निर्देशन दिएको मुख्यमन्त्रीको सचिवालयले जनाएको छ ।

कलैयामा रहेका निजी अस्पतालको शनिबार बिहानैदेखि मुख्यमन्त्री सिंह आफैंले अनुगमन गरी दर्ता भए÷ नभएको सेवा प्रवाह, व्यवस्थापन र गुणस्तरीयताको बारेमा जानकारी लिएका हुन् ।

योगशिला अस्पतालले १५ शय्याको भएपनि अप्रेसन समेत गर्ने गरेको पाइएको र उक्त कार्य गर्न नमिल्ने मुख्यमन्त्री सिंहले बताए ।

मधेश प्रदेशमा रहेका १८० वटा निजी अस्पतालको मुख्यमन्त्री सिंहले अनुगमन गरिसकेको र  १३३ वटा मापदण्डविपरीत रहेको पाइएको मुख्यमन्त्री कार्यालयले जानकारी दिएको छ ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार