काठमाडौँ : नेपाल समाजवादी पार्टीका अध्यक्ष डा.बाबुराम भट्टराईले पुरानो पार्टीहरू कमजोर हुँदा राजावादी शक्तिहरूले टाउको उठाइरहेको बताएका छन् ।
बुधवार नेपाल समाजवादी पार्टी (नयाँ शक्ति)ले नयाँ युगको नयाँ कार्यभार ः वैकल्पिक राजनीतिको औचित्य र आधार विषयक अन्तर संवाद कार्यक्रममा बोल्दै उनले काँग्रेस, एमाले, माओवादी सत्तामा हुँदा सबै ठिक भन्ने प्रवृत्तिले गर्दा यसैको लाभ लिएर राजावादी शक्तिहरूले टाउको उठाइरहेको बताए ।
‘पुरानो शक्तिहरू यथास्थितिवादी भए खास गरी काँग्रेस, एमाले, माओवादी सबै सत्तामा भइरहँदा सबै ठिक छ भन्ने त्यो त संसदीय खेल मात्र हो । उहाँहरूले अब समस्याहरू हल गरेर जान सक्नुहुन्न । यसैको लाभ लिएर राजावादी शक्तिहरूले टाउको उठाइरहेका छन्,’ उनले भने ।
उनले नेपालको राजनीतिक जटिल भएको भन्दै यस्तो समयमा छिमेकी मुलुकहरूले पनि आफ्नो प्रभुत्व देखाउन सक्ने बताए । उनले अब समयमा नै वैकल्पिक शक्तिको निमार्ण गरेर देशलाई विकल्प दिनुपर्ने बताए ।
प्रतिक्रिया