काठमाडौं : सामाजिक सञ्जाल बन्दविरुद्ध आइतबार (भदौ २२) दिउँसो २ बजे माइतीघर मण्डलामा विरोध प्रदर्शन हुने भएको छ । नेपाल पत्रकार महासंघका पूर्वपदाधिकारी तथा पूर्वकेन्द्रीय सदस्यहरूले शनिबार विज्ञप्ति जारी गर्दै सो प्रदर्शनको आह्वान गरेका हुन् ।
विज्ञप्तिमा सरकारले फेसबुक, एक्स, युट्युबलगायत सामाजिक सञ्जालहरू बन्द गरेको कदमप्रति गम्भीर आपत्ति जनाइएको छ । उनीहरूले सामाजिक सञ्जाल तत्काल खोल्न र नागरिकको अभिव्यक्ति स्वतन्त्रता तथा अधिकारको सम्मान गर्न माग गरेका छन् ।
पूर्वपदाधिकारीहरूले सरकारले चालेको कदमले लोकतान्त्रिक मूल्य–मान्यतामाथि प्रश्न उठाएको जिकिर गरेका छन् ।
नागरिकको अभिव्यक्ति स्वतन्त्रतालाई निषेध गर्ने कार्य लोकतन्त्रमा किमार्थ स्वीकार्य नहुने चेतावनी पनि विज्ञप्तिमा दिइएको छ ।
प्रतिक्रिया