त्यस्तै अर्का सहसचिव प्रदीप कुमार कोइरालाले उद्यमशीलताको विकासमार्फत उत्पादक र उत्पादकत्व कसरी बढाउने, सरकार मात्र रोजगारदाता होइन निजी क्षेत्रको नेतृत्वमा लगानीको वातावरण सिर्जना गर्ने र लगानीको वातावरणले रोजगारीको सिर्जना गर्छ भन्ने छलफलको पहिलो विषय रहेको जानकारी दिए । साथै श्रमिकहरूको कल्याणको विषय, सूचना प्रविधिहरूको प्रयोग गरी सबै श्रमिकहरूको डाटा लिएर व्यवस्थित रूपमा राख्ने, वैदेशिक रोजगारमा निर्भरता कम गर्ने बाहिर गएका कामदारको सुरक्षा, सेवा र फर्किएर आएपछि सीप र पुँजीलाई कसरी उत्पादनशील क्षेत्रका लगाउने एव अन्त्यमा असल श्रम सम्बन्धको विषयमा छलफल भएको उनले बताए । उनले सम्मेलनको निचोड र उपलब्धिहरूबारे जानकारी दिँदै भने,‘अहिले नेपालबाट वैदेशिक रोजगारमा जानु स्वाभाविक हो । हामीसँग रोजगारीको अवसर कम छ । लगानीको वातावरण सिर्जना गरौँ, उत्पादन एव उत्पादकत्व बढायौँ भने मात्र वैदेशिक रोजगारको सङ्ख्या कम हुन्छ । सम्मेलनको निचोड नै आन्तरिक रोजगारले नै मुलुकलाई समृद्धि दिन्छ । आन्तरिक रोजगार प्रवद्र्धनका लागि सरकारसँगै निजी क्षेत्रलाई पनि सँगै सहकार्य गर्नुपर्छ । लगानीको वातावरण सिर्जना भएपछि वैदेशिक रोजगारको न्यूनीकरण हुन्छ । सबै मिलेर नेपालमा लगानीको वातावरण बनाऔँ । सम्मेलनमा सरकार नबोल्ने तर निजी क्षेत्र र अन्य सरोकारवालाले बोल्ने नीति लिएको छ । सरकारले सुन्ने भन्ने नीति हो । आगामी दिनमा नीतिगत सुधार गरी कार्यान्वयनमा जोड दिएको छ ।’ यसै गरी ,सुन चाँदी व्यवसायी महासंघका कार्यकारी अध्यक्ष महेन्द्ररत्न शाक्यले ढिलै भए पनि पाँचौँ सम्मेलनमा सुनचाँदी व्यवसायीको उद्यमशीलता, उत्पादकत्व र यसको भविष्य निर्धारणको लागि कुरा राख्न पाएकोमा खुसी व्यक्त गरे । औपचारिक रूपमा महासंघले आफ्नो विकास क्रम भेटाउन नसकेको अवस्थामा ढिलै भए पनि सरकारबाट पहलकदमी भएको ठानेको उनले बताए । ‘ढिलै भए पनि सम्मेलनमा सुनचाँदी व्यवसायीको उद्यमशीलता उत्पादकत्व र यसको भविष्य निर्धारणको लागि कुरा राख्न पायौ । कच्चा पदार्थमा कोटा सिस्टमले गर्दा अनौपचारिक बजार मौलाएको छ,जुन हाम्रो आदिवासीले सदियौँदेखि चलिआएको पेसा व्यवसाय ह्रास भएको अवस्था छ । यसलाई पूर्नजागरण गर्न कानुनी, प्रशासनिक र सरकारमा पनि लगातार आवाज उठाइरहेका छौ । २०६७ सालमा लगाएको कोटाले बजार अनौपचारिक चलेको छ । औपचारिक हिसाबले विकास क्रम भेटाउन सकेको छैन । ढिलै भए पनि सरकारबाट पहलकदमी भएको ठानेका छौ । कोटा सिस्टमले कच्चा पदार्थ पाएका छैनौ । एकाधिकार बजार छ । समग्रमा यो बजार धरासयी छ,’उनले भने त्यसै गरी, राष्ट्रिय व्यावसायिक प्रशिक्षण प्रतिष्ठान विकास समितिका कार्यकारी निर्देशक रमेश कुमार बखतीले विभिन्न सरकारी र गैरसरकारी संस्थाहरूले तालिम प्रदान गरिरहेको भन्दै तालिम र जनशक्तिमा, सिपमा अन्तर देखिएको बताए । त्यसलाई पूर्ण गर्न सम्मेलनमा विभिन्न रोजगारदाता संस्थाहरूबिच समझदारी पत्रमा भएको हस्ताक्षरले रोजगारदाताको आवश्यकता श्रम बजारको माग अनुसार दक्ष जनशक्ति उत्पादन गरेर आन्तरिक रोजगार प्रवद्र्धन गर्ने कुरामा आफू विश्वस्त रहेको पनि बताए । सम्मेलनमा सहभागी लोकतान्त्रिक महिला सङ्घकी संयोजक मीनु ठाकुरले श्रम सम्मेलन एकदमै प्रभावकारी लागेको बताइन् । १० वर्षमा १० लाख युवालाई रोजगार दिने कुरा जनताको लागि एकदमै उपयोगी हुने उनी बताउँछिन् । उनले भनिन्,‘यस्ता कार्यक्रम भइरहनुपर्छ । १० वर्षमा १० लाख युवालाई रोजगार दिने कुरा हाम्रो लागि एकदमै उपयोगी हो । हाम्रो देशमा रोजगारी भए विदेश किन जानु पर्दथ्यो र ? यहाँ पनि थुप्रै अवसरहरू छन् । सरकारले केही गरे देशमा नै केही गथ्र्यौ । महिलाहरूको लागि पनि अवसर मिलोस् । महिलाहरूलाई विदेशको लागि रोक लगाइएको छ । त्यो नहोस् महिलाहरू पनि सक्षम छन् । देश भित्र पनि धेरै काम गर्न सक्छन् ।’ नेपाल उद्योग वाणिज्य महासङ्घको एसोसिएटतर्फको उपाध्यक्ष ज्योत्स्ना श्रेष्ठले निजी क्षेत्रबाट हेर्दा सरकारले गरेको सम्मेलन सान्दर्भिक रहेको बताइन् । राजनीतिक अस्थिरताले एकदमै कठिनाइ भोग्नुपरेको भन्दै अस्थिरता बन्द भयो भने धेरै राम्रो हुने धारणा राखिन् । उनले भनिन्,‘सम्मेलन सान्दर्भिक छ । अहिले सीपको खाँचो छ । राजनीतिक अस्थिरताले एकदमै कठिनाइ भोग्नुपरेको छ । राजनीतिक परिवर्तनले नीति नियमदेखि सबै परिवर्तन हुन्छ । चार÷चार महिनामा डिजी फेरिने, सचिव फेरिने यस्तो अस्थिरता बन्द भयो भने धेरै राम्रो हुन्छ । नीतिहरू कार्यान्वयन फितलो छ । त्यसैले स्थिर सरकार आजको आवश्यकता हो । सम्मेलनमा विभिन्न निजी क्षेत्र र सरकारबिच रोजगारी सिर्जना गर्ने गरी विभिन्न सम्झौताहरू भएका छन् ।अहिले नेपालबाट वैदेशिक रोजगारमा जानु स्वाभाविक हो । हामीसँग रोजगारीको अवसर कम छ । लगानीको वातावरण सिर्जना गरौँ, उत्पादन एव उत्पादकत्व बढायौँ भने मात्र वैदेशिक रोजगारको सङ्ख्या कम हुन्छ ।
प्रतिक्रिया