बबरमहलमा भेटियो बाघको मुर्ति र स्कुटर

शुक्रबार, ०३ असोज २०८२

काठमाडौं । भदौ २३ गतेदेखि सुरु भएको जेनजी आन्दोलनका क्रममा देशभर प्रदर्शन भइरहेका बेला राजधानीको बबरमहलस्थित दुर्गामाता मन्दिर नजिकै असामान्य दृश्य देखियो ।


आन्दोलनकै भीडबीच मन्दिर परिसरमा एक बाघको मुर्ति र रातो रंगको बा ५९प४३८५ नम्बरको स्कुटर फेला परेपछि स्थानीयवासीहरूले तत्कालै सुरक्षित राखिदिएका छन्  ।


स्थानीय झलक पाण्डेले मन्दिरनजिक भेटिएको बाघको मुर्तिलाई भित्र राखिएको बताए । अर्का हिमाल मगरले बाटोमै अवरोध हुनेगरी लक गरि छाडिएको स्कुटरलाई सुरक्षित ठाउँमा राखिएको जानकारी दिए ।


ती वस्तु कसले ल्याएको वा कसको हो भन्नेबारे अहिलेसम्म कुनै जानकारी नआएको दिवस मगरले जानकारी दिए । 


आन्दोलनका क्रममा काठमाडौं उपत्यकासहित देशका विभिन्न ठाउँमा ढुंगा हानाहान, आगजनी, सडक अवरोध र भौतिक क्षतिको घटना भएको थियो ।


नयाँ पुस्ताले राजनीतिक सुधार र सुशासनको मागसहित अघि बढाएको जेनजी आन्दोलनकै बीचमा बबरमहलमा भेटिएका यी वस्तुले आन्दोलनको अव्यवस्थित र अनियन्त्रित पक्षलाई पनि उजागर गरेको स्थानीयवासीहरूको भनाइ रहेको छ ।
उनीहरूका अनुसार आन्दोलन शान्तिपूर्ण हुनुपर्नेमा यसरी छाडिएका वस्तुहरूले झन् असुरक्षा र प्रश्न सिर्जना गरेको छ ।


स्थानीयले भने प्रमाणसहित सम्पर्क गर्नेबित्तिकै सम्बन्धित व्यक्तिलाई फिर्ता गरिने जनाएको छ ।


यता स्थानीयले भने भेटिएका वस्तुमा बेवास्ता नगरी जसको हो उसैले लिन आउन आग्रह गरेका छन् ।


यसरी आन्दोलनको दिनमा भेटिएको बाघको मुर्ति र स्कुटर अहिले स्थानीयको निगरानीमा सुरक्षित छन्, तर यसको वास्तविक मालिक को हो भन्ने अझै खुल्न सकेको छैन । मुर्ति दुर्गामाता मन्दिरभित्र सुरक्षित राखिएको छ भने स्कुटर मेघा कलेज नजिकै रहेको छ ।यो स्कुटी कोही कसैको हो भने प्रमाण देखाएर लैजान आग्रह गरेको छ ।  
 

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार