इटहरीमा करेन्ट लागेर चौधरीको मृत्यु

सोमबार, ०५ साउन २०८२

इटहरी : सुनसरीको इटहरीमा करेन्ट लागेर आइतबार राति एक जना वृद्धको मृत्यु भएको प्रहरीले जनाएको छ । 

सुनसरी प्रहरीका प्रवक्ता डीएसपी योगराज खतिवडाले इटहरी उपमहानगरपालिका–८ गैसारस्थित पाथीभरा टोल बस्ने ७२ वर्षीय तिलक चौधरीको मृत्यु भएको बताए । उनका अनुसार आफ्नै घरको प्यासेजमा ‘साउण्ड सिस्टम’मा चुँडिएको तार मर्मत गरी ‘प्लग’मा जोड्ने क्रममा चौधरीलाई राति ८ बजेतिर अचानक करेन्ट लागेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । 

करेन्ट लागेर वृद्धको घटनास्थलमै मृत्यु भएको जानकारी खतिवडाले दिए ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार