काठमाडाैं । भदाै २३ र २४ गते जेन–जी आन्दोलनका क्रममा ज्यान गुमाएकाहरुको आज शव यात्रा हुने भएको छ ।
हामी नेपाल नामक संस्थाका सुधन गुरुङले सामाजिक सञ्जालमा स्टाटस देख्दै सबैलाई शवयात्रामा सहभागी हुन आश्वान गरेका छन् । आज १२ बजे महाराजगन्जस्थित टिचिङ हस्पिटलबाट शव यात्रा सुरु सुने जनाइएको छ । शवयात्रामा नवनियुक्त गृहमन्त्री ओम प्रकाश अर्याल र उर्जामन्त्री कुलमान घिसिङ पनि उपस्थित हुने उनले जनाएका छन् ।
उनले सामाजिक सञ्जालमा ‘आज १२ बजे महाराजगन्ज स्थित टिचिङ हस्पिटलबाट सब यात्रा सुरु हुँदै छ । उनीहरुको सम्मानको लागी सम्पुर्ण देश प्रेमी साथीहरु र नेपाली आमा बुवा दाजु भाइलाई आह्वान गर्दछु । गृहमन्त्री ओम प्रकाश अर्याल र उर्जामन्त्री कुलमान घिसिङको पनि उपस्थिति हुनेछ ।’
प्रतिक्रिया