इलाम बजारमा अवैध मदिरा र म्याद गुज्रिएका सामान खुलेआम बिक्री

मंगलबार, ३१ भदौ २०८२

इलाम । इलाम बजारमा खुलेआम भारतीय अवैध मदिरा र म्याद गुज्रिएका सामान बिक्री वितरण भइरहेको अनुगमनका क्रममा फेला परेको छ। इलाम नगरपालिका, जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय, घरेलु कार्यालय र उद्योग वाणिज्य सङ्घको संयुक्त टोलीले भदौ २२ र २३ गते गरेको अनुगमनका क्रममा यस्तो अनियमितता देखिएको हो।

अनुगमन टोलीले बजारका २२ वटा पसल जाँच गर्दा १४ काटुन सिक्किमे रक्सी, १२ काटुन भारतीय रङवाला नुडल्स, म्याद गुज्रिएका १४ केश पेय पदार्थ लगायतको सामान बरामद गरेको इलाम नगरपालिकाकी कर्मचारी सिता खवासले जानकारी दिइन्।

यस क्रममा सिवाकोटी स्टोरबाट मात्रै ७८ बोतल अवैध सिक्किमे रक्सी र आठ काटुन भारतीय रङवाला नुडल्स बरामद भएको इलाम नगरपालिकाले जनाएको छ। श्याम सिवाकोटीले सञ्चालन गरेको उक्त पसलबाट अन्य साना पसल र खाजाघरहरूमा समेत अवैध सामान वितरण गर्ने गरिएको तथ्य पनि अनुगमनमा देखिएको हो।

सीमावर्ती नाकाबाट अवैध सामान सजिलै नेपाल भित्रिने र इलामसहित जिल्लाका अन्य बजारमा समेत यस्ता सामान खुलेआम बिक्री हुने गरेको तथ्यले प्रशासनको निगरानी कमजोर भएको जनाइएको छ। सरोकारवालाहरूले यसप्रति कडाइ गर्न प्रशासनलाई आग्रह गरेका छन्।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार